श्री श्रीनाथ गणद्वारा छात्रछात्राहरुमा NCC क्याडेडको तालिम

  |

नेपाली सेनाले    युबाहरुलाई लक्षित रा.से.द.(NCC) क्याडेड को तालिमको आइतबार  उद्धघटन  गरेको छ ।सेनाले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका -५महेन्द्रनगरमा स्कुले बिद्यार्थीलाई सम्मेलित गरि  तालीमको सन्चालन गरेको छ । तालिममा उद्घघटन श्री श्रीनाथ गण महेन्द्रनगरका गणपति कर्नेल गजेन्द्र रावलले गरेका हुन् ।

तालिम मार्फत  देशको समग्र युबा जनशक्तिलाई  अनुशासित, वफादार ईमान्दार  साथ साथै जवाफदेहि बनाउन हेतु उक्त तालिम सन्चालन गरेको श्री श्री नाथ गढ महेन्द्रनगरले जानकारी दिएको छ ।

 

 

 

क्षिरेश्वर मा .बी ,गणेसमान चारनाथको, श्री मा बी त्यस्तै
धनुषाधामको  श्री टेक्लिकल मा .बी .का गरि कुल एक सय अधिक  बिद्यार्थी तालिममा  सहभागी भएका छन्  । यी बिधालयहरुमा  गणपति कर्नेल  रावलको  तालिम निर्देशन  अनुरुप प्रथम चरणको निर्देशन सम्पन भएको सेनाले जनाएको छ  ।

त्यस्तै तालिममा अतिथीको रुपमा विभिन्न सम्मेलित बिधालयका शिक्षक तथा प्रधानध्यापकको सहभागिता रहेको थियो ।

के हो त NCC क्याडेड ?

रा.से.द.को तालिममार्फत देशको समग्र यूवा जनशक्तिलाई अनुशासित, वफादार,ईमान्दार र जवाफदेहि, नेतृत्व दिन सक्ने, देशभक्त एवं राष्ट्रिय एकताको भावना जागृत गराई व्यक्तिगत रुपमा व्यक्तित्व बिकासमा टेवा पुर्याइ विपद्को बेला र राष्ट्रलाई आवश्यक परेको अवस्थामा दक्ष स्वयम् सेवक जनशक्तिको निर्माण गर्न तयार पार्ने गरिन्छ ।

खासगरी नेपाल जस्तो प्राकृतिक विपदको जोखिममा रहेको राष्ट्रलाई अमूल्य सहयोग पुग्न सक्ने  मनन् गर्दै  राष्ट्रिय सेवा दलले विभिन्न समयमा सिनियर र जूनियर डिभिजनका तालिमहरू संचालन गर्दे आईरहेको छ।    यस्तो छ इतिहास:

9 रास्ट्रीय  सेवा दल (National Cadet Corps)को अवधारणका प्रारम्भ सन् १८५६ ताका क्रिमियम यूद्धबाट फर्कका वेलायती सेनाहरूले राष्ट्रका युवाहरुमा अनुशासन तथा नेतृत्वको भावना वृद्धि गने उद्देश्यले Naval Lads Brigade स्थापना र  त्यस पश्चात भएको थियो।

उक्त Naval Lads Brigadeक्रमिक रुपमा विकास भई सन्ं १९१४ मा पूर्ण रुपमा सेवा दलमा रुपान्तरित भयों र अन्य राष्ट्रहरुले पनि यो अवधारणाको अबलम्बन  गनें गरेको पाईन्छ।
नेपालको सन्दर्भमा युवा जनशक्तिको महत्व तथा आवश्यकतालाई मनन  गरी यूवा वर्गलाई संगठित गर्दै  राष्ट्र विकासकों अभियानमा यूवा बर्गको स्वस्फुर्त सहभागिता जनाउने अवधारण अनुरुप वि.स २०२२ साल कार्तिक ७ गते राष्ट्रिय सेवा दलको स्थापना भयो ।

त्यस्तै वि. सं. २০२४ साल फाल्गूण ९ गते राष्ट्रिय प्रजातन्त्र दिवसको तत्कालीन राजा  महेन्द्रबाट राष्ट्रिय सेवा दलले आफ्नो झण्डा प्राप्त गर्यो ।