प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरको अपिल :कोभिड् बिरूद्वकाे भेराेसेल खाेप लगाउनुस्

  |

न्युज अफ नेसन /महेन्द्रनगर

काेभिड-१९ बिरूद्वकाे खोप -भेराेसेल प्रथम / दाेस्रो मात्राकाे लगाउन प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरले अपिल गरेको छ ।कोभिडको महामारी शुरु हुन सक्ने भए भै रहदा स्वास्थ केन्द्रले चाडो खोप लगाउन अपिल गरेको छ ।क्षिरेश्वारनाथ नगरपालिका स्थित हातामा पर्ने दशै ओटा वार्डको स्वास्थ्य शाखामा पुगि उक्त खोप लगाउन अनुरोध गरेको छ ।                                                                                                                             ज.स्वा. नि. अजय कुमार साहका अनुसार १८वर्ष पूरा गरेका सम्पूर्ण क्षि.न.पा.वासिलाई काेभिड -१९ बिरुद्ध भेराेसेल खाेपकाे पहिलाे मात्रा तथा विगतमा पहिलाे मात्रा लिईसकेकाहरूलाई दाेस्रो मात्रा लिन बाकीले मंसिर २४ देखि २८ गते प्राथमिक स्वास्थ्य केन्द्र ,महेन्द्रनगरमा बिहान १०:३० बजे देखि ४ बजे सम्म सम्पर्क गर्न अनुरोध गरेका छन् ।

साथै प्रा. स्व.केन्द्रले माक्स भने अनिवार्य लगाइ आउन अनुरोध गरेका छ ।साथै कुनै किसिमको गुनासो भए
9844051821,9824815165 मा सम्पर्क राख्न जनाएको छ ।