सरकारकाे हरेक निकायमा महिलाको पहुँच हुनुपर्छ : मन्त्री उषा यादव ।

  |

 

न्युज अफ नेसन / महेन्द्रनगर  ।

धनुषाको लक्ष्मीनिया गाउँपालिकाले विभिन्न कार्यक्रम गरि लैङ्गकि हिंसाको १६ दिनको अभियानको अन्तिम दिन सम्पन्न गरेको छ ।
लक्ष्मीनिया गाउँपालिकाकाे प्राङ्गणमा गाउँपालिका स्तरीय अन्तर विधालय “महिला हिंसा अन्त्य गराै” विषयको वक्तित्वकला  प्रतियोगिता अायाेजना गरिएको थियोे ।

उक्त कार्यक्रमको अध्यक्षता लक्ष्मीनिया गाउँपालिका अध्यक्ष विन्देश्वर यादव रहेको थियोे भने प्रमुख अतिथि रुपमा प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादवकाे उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादवले लैङ्गकि हिंसा अन्त्य गर्न महिलाविरुद्धको हिंसा संरचनागत विभेदको परिणाम हो ।

अहिले देशमा व्यापक रुपमा महिला हिंसा बढदै गएको यसलाई अन्त गर्नेका लागि ग्रासरुटबाट सबै अवाज एउटै हुनुपर्ने मन्त्री यादवले धारणा राखेकी छिन् ।

सरकारकाे हरेक निकायमा प्रहरि प्रशासन , राजनीति , पत्रकारिता कार्यपालिकामा जबसम्म महिलाहरूकाे पहुँच हदैन तबसम्म लैङ्गकि विभेद र महिला हिंसा अन्तय नहुने समेत जनाउनु भयो ।

यस विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको बताए ।
जहिले पनि कमजोर महिलामाथि महिला हिंसा हुदै अाएकाे बताउदै विशेषगरी कमजोर महिलालाई विभेद गर्दै अाईरहेको पनि जानकारी दिनुभएको छ ।

बाईट१ , उषा यादव , राज्य मन्त्री , आर्थिक मामिला तथा योजना

महिला सशक्त भए मात्र देश र प्रदेशको विकास सम्भव रहेको मन्त्री यादवले जनाए ।
शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमापछि रहेको महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले उनले जानकारी दिनुभएको छ ।

प्रदेश २ सरकारकाे बेटि पढाउ बेटि बचाउ कार्यक्रम एकदमै राेचक रहेको छ ।

स्थानीय तहमा प्रमुख र उपप्रमुखकाे खासगरी विवाद रहेको समेत जनाए ।
उहाले दहेज लिनु र दहेज दिनु अपराध रहेको समेत बताएकी छिन ।

बाइट २ , उषा यादव , राज्य मन्त्री , आर्थिक मामिला तथा योजना

समाजिक रुपान्तरणको लागि सहयोगी हुनुपर्ने र महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै यादवले यसलाई रुपान्तरणको पहिलो खुड्किलाको रुपमा लिनुपर्ने बताउनुभयो ।

मन्त्री यादबले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने भन्दै परिवारबाटै समानता कायम हुनुपर्नेमा जोड दिइन् ।

महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने उहाँको भनाइ थियो ।

बाइट ३ , उषा यादव , राज्य मन्त्री , आर्थिक मामिला तथा योजना

साे कार्यक्रममा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादबले लैङ्गकि समानता, महिलाको आफ्नो शरिरमाथिको निर्णय र गतिशीलताको अधिकार सुनिश्चित नभएसम्म महिलाहरू स्वतन्त्र र मर्यादित जीवन यापन गर्न पाउने अधिकारबाट वञ्चित रहेको अवस्था रहेको बताए
हिंसाको कारण शारीरिक, मानसिक, आर्थिक र सामाजिक असर भोग्न बाध्य महिलाहरूका लागि पहुँचयोग्य र प्रभावकारी सहयोगी संयन्त्रहरू निर्माण गरी न्यायमा अधिकार सुनिश्चितता र सामाजिक न्यायको वातावरण तयार गर्न अपिल गरेका हुन् ।

उक्त कार्यक्रममा लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि शंकर यादवले महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाजको निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताउनु भएको छ ।
उनले समाज रुपान्तरणको माध्यामबाट मात्रै महिला हिंसा अन्त्य हुने उल्लेख गर्दै त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने अधिकृत हरि शंकर यादवले बताए।
साे कार्यक्रममा प्रथम , दोस्रो , तेस्रो , हुने विद्यार्थीहरुलाई झाेला , पेन , काेपि र नगद समेत प्रदन गरिएको थियो ।

 

साे कार्यक्रममा गाउँ पालिका अध्यक्ष ,विन्देश्वर यादव उपाध्यक्ष इन्द्रकाला यादब , वडा अध्यक्ष फुलगेन यादव , वडा अध्यक्ष तेज नारायण यादव , घनश्याम यादब, लेखा प्रमुख संजित यादब, रामजुलुम यादव विधालयका शिक्षक शिक्षिका ,विद्यार्थी, स्थानीय सहितको उपस्थिति रहेको थियो ।