आज प्रदेश नं.२को प्रदेश सभा बैठक बस्ने

  |

प्रदेश २ को प्रदेशसभा बैठक आज बुधबार जनकपुर स्थित प्रदेश सभामा बस्ने बस्ने भएको छ ।बिगत लामो समय देखि बस्न नसकेको उक्त बैठक आज बस्ने तय भएको हो ।

बिगत लामो समय देखि प्रदेशको राजधानी र नामकरण विषयमा अन्योलता रहेका बिच प्रदेश प्रमुख हरिशंक मिश्रले नेपालको
संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका हुन् ।

आज बिहान ११ बजेको लागि आह्वान गरिएको
प्रदेशसभा बैठमा प्रदेशको नामाकरण र स्थायी राजधानी सम्बन्धमा प्रस्ताव पेश हुने अनुमान गरिएको छ।

प्रदेशसभा सचिवालयले बैठकमा उपस्थित हुनका लागि प्रदेशसभा सदस्यहरुमा सूचना जारी गरेको छ।