मनकारी मेयर :सन्जिब साह

  |

न्युज अफ नेसन /रोहित खनाल ‘सम्राट ‘

आजको समयमा एक धुर जग्गाको निम्ति हजारौं बखेडा निस्कने कुरामा हामी सबै जानकार नै छौ । समय समयमा जग्गाको निम्ति टाउको फुट्ने देखि हस्पिटल भर्ना सम्मका घटना हाम्रा सामाजमा नौलो भने छैन ।सामान्यत: राजनीति  गर्ने मानिस लोभी र लाचारी हुन्छन् भन्ने आम मानिसको धारण छ तर त्यस धारणा परिबर्तन गर्दै समाजमा एक नौँलो उदाहरण बनेका छन् भंगहा नगरपालिका प्रमुख -सन्जीब साह ।

युबाहरुमा जागरुक र आशाका किरण झै देखिने सन्जिब झट्ट हेर्दा हाल ३५/४० बर्षका देखिन्छन ।सामाजमा युवाको नेतृत्व कस्तो हुनुपर्छ उनको भिजन चहकिने मुहारबाट सजिलै अनुमान लगाउन सकिन्छ ।

उनका बिरोधी पार्टीको आरोप प्रत्यारोप विभिन्न छ ,कोहि भन्छन पाँच बर्समा पाँचकाम भएन त कोहि भन्छन् उनले त्यस नगरपालिकाको अनुहार फेरिदिएका छन् ।              बिपक्षीबाट विभिन्न गुनासो र आलोचना आउदै गर्दा नगर भित्र विभिन्न ठाउँमा अस्पताल लगायत विभिन्न बिकास निर्माणका काम गरेका उनले हाल सामाजिक संजालमा दिएको अभिव्यक्तिले उक्त नगरपालिका मात्र नभइ देशमै तरङ्ग उत्त्पन्न गर्ने खालको छ।

हालचाल मेयर साहले आफ्नो निजि जग्गा नगरपालिकाका निम्ति दान गर्ने भएका छन् ।नगरपालिका कार्यालय भवनका लागि निजि स्तरबाट १० कठ्ठा जग्गा दान गर्ने घोषणा गरेका छन् ।
करोडौंको जग्गा एक्कासि दान दिने भने पछि तरङ्ग नै उत्पन्न भयो । चिया पसल देखि सैलुन सम्म उनकै कुरा हुन थाल्यो । अखिर कसरी यत्रो जग्गा दान दिने हिम्मत गरे भन्ने बारे अनेक टीका टिप्पणी हुन थाले ।

कति पर्छ त १० कठठको मूल्य?

भंगहा नगरपालिका वडा नम्बर– ५ सीतापुरमा रहेको १० कट्ठा जमिन करोड भन्दा अधिक पर्छ ।स्थानीय बासीका अनुसार उक्त क्षेत्रमा करिब १२-१५ लाखको कठठा पर्ने गरेको छ। सामान्य हिसाबले पनि करिब एक करोड पचास लाखको उक्त जग्गा रहेको मान्न सकिन्छ ।

यता, बिपक्षीहरुले उनको कामको बिरोध गरिरहदा उनले भने नगरबासीले आफ्नो गुण र दोषका अधारमा आफ्नो साथ दिने जनाएका छन् ।

‘मैले नगरमा के कति काम गरे त्यो नगर बासीलाई थाह छ ,यदि मैले राम्रो काम गरेको हु ला भने नगर बासीले पक्कै त्यो राम्रो काम औँलाउलान ।’- मेयर साहले भने ।