भिटेन ढल्केवर आउने

  |

ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा जारी दोस्रो औधोगिक व्यापार मेला महोत्सवमा शनिबार नेपाली पप गायक तथा ¥यापर समीर धिसिङ्ग (भिटेन) आउने भएपछि यहाँका दर्शक निकै उत्साहित देखिएका छन् ।

नेपाली युवा जगतमा धेरै नै लोकप्रिय रहेका आधुनिक पप गायन क्षेत्रका उम्दा गायक भिटेनलाई हेर्न र उनिद्वारा प्रस्तुत गीत प्रत्यक्ष सुन्न पाउने भएकाले यहाँका दर्शक उत्साहित देखिएका हुन् ।

आधुनिक नेपाली पप गायक तथा उदीयमान ¥यापर भिटेन महोत्सवमा आफ्नो प्रस्तुती देखाउन ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो ।

महोत्सवमा गायक भिटेनले आधा दर्जन गीत प्रस्तुत गर्ने अध्यक्ष लामाले बताउनुभयो । ढल्केवर महोत्सवमा अहिलेका चर्चित ¥यापर भिटेन आउने खबरले यहाँका दर्शक उत्साहित देखिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष धावाले भिटेनको प्रस्तुतीको क्रममा दर्शकको बढ्दो उपस्थितलाई ध्यानमा राख्दै नियमितभन्दा ५० जना थप नीजि सुरक्षागार्ड खटाउने पनि भन्नुभयो ।

पुस ४ गतेसम्म चल्ने औधोगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनीमा राखिएको छ । धार्मिक, पर्यटकीयस्थलको चिनारी, कला, संस्कृती, घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनको पनि मेलामा प्रदर्शन गरिएको अध्यक्ष लामाले बताउनुभयो ।