मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो

  |

न्युज अफ नेसन /कुचाइ,महेन्द्रनगर                                 महोत्तरीमा मोटरसाइकल दुर्घटना हुदाँ एक
युवकको ज्यान गयोको छ । महोत्तरी जिल्लाको भङ्गहा
नगरपालिका- ६ जमुनियाँ गाउँमा मोटरसाइकल
दुर्घटना हुदाँ गए राति एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी
रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब
उपरीक्षक प्रकाश विष्टले बताए।
आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाएको
ना१७प ७०८२ नंको मोटरसाइकल अनियन्त्रित भई
दुर्घटना हुँदा मुबारकको टाउकामा गम्भीर चोट लागेर
उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर
अस्पतालमा लगिएकामा गए राति १०:३० बजे मृ’त्यु
भएको हो।
मोटरसाइकल चालक दिपेश चौधरी घटनापश्चात फरार
रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको
जनाएको छ।