कार्यालयबाट घुस सहित कर्मचारी पक्राउ

  |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ४ का वडा सचिव ९नासु० मोहम्मद सिद्धिकलाई शुक्रवार कार्यालयबाटै घूससहित पक्राउ गरेको छ ।

अख्तियारको बुटवलस्थित कार्यालयको टोलिले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीबाट ३ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा निजलाई पक्राउ गरेको हो ।

उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि अख्तियारले बताएको छ ।