नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार शुक्रबार दिउँसो एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
मृत फेला परेका यादव एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।