नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ८ अाैं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न ।

  |

न्युज अफ नेसन /कृष्ण यादव

 

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका स्थित रहेको नमुना बचत तथा ऋण सहकारी संस्था लि. काे ८ अाैँ बार्षिक  साधारण सभाको कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रमका अध्यक्षता संचालक समितीको अध्यक्ष रहेका नारायण बास्तोला गरे भने प्रमुख अतिथि मिथिला नगरपालिकाका प्रमुख हरि नारायण महताेले रहेका हुन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका प्रमुख
हरि नारायण महताेले सहकारी संस्थाबाट धेरै मानिसलाई सहयोग पुगिरहेको समेत जनाएका छन्   ।
सहकारि संस्था मार्फत देशमा गरिबी निवारण नियन्त्रणमा उल्लेखनीय सहयोग पुगेको समेत जनाएका छन् ।कतिपय सहकारी संस्था लथालिङ्ग रहेका बेला यस नगरपलिकामा ६८
अाेटा सहकारी संस्था दर्ता रहेको महताे जानकारी दिनुभयो ।

जनताकाे अपेक्षा अनुसार  नीति निर्माण एवं कार्य-प्रणाली बनाएर मात्रै  विकाश हुने  उनले जानकारी दिएका छन् ।
नीतिगत एवं विकासगत काममा सबै जनाले मिलेर सहकार्य  गर्नुपर्ने उनले बताए  । विदेश जानुका लागि  सीप सिखेर मात्र  जानुपर्ने समेत आग्रह  गरेका छन् ।

साे कार्यक्रममा नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण बास्तोलाले  उक्त अवसरमा संस्थाका आर्थिक वर्षमा २०७८/०७९ मा  दुई  करोड पुर्याउने लक्ष्य राखिएको समेत जनाए ।

 

संस्थाले गर्ने सामाजिक दायित्व अन्तरगत रक्तदान कार्यक्रम आँखा र दाँत सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिनेछ ।

 

आगामी वर्ष सदस्यहरुलाई प्रोत्साहन पनि गर्न  जानकारी दिनुभयो ।
नमुना बचत तथा ऋण सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको प्रसंशा गरेका छन् ।

नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव  निल प्रसाद शर्माले किसानहरुको सहकारी र सहकार्यले जति ठुला कामहरुपनि सहज ढंगले गर्न सकिने धारणा राख्दै सबैले सहकारी र सहकार्यको बाटो अवलम्वन गरी आयआर्जन सँग जोडिएर अगाडी बढ्नुपर्ने धारणा राखेका छन ।
संस्थाको कार्यक्षेत्र विस्तार सगसगै सेवा केन्द्र विस्तारको लागी आवश्यक अध्ययन गर्ने कार्य सुरु गरिने शर्माले जनाए ।

साे कार्यक्रम जेष्ठ नागरिक, सदस्यहरुलाई समेत समान गरेको छ भने संस्कृति कार्यक्रम समेत  गरेको थियोे

 

  1. उक्त कार्यक्रम मिथिला नगरपालिकाकि उप प्रमुख तारा लामा बस्नेत , वडा , अध्यक्ष ,  सहकारी संस्थाका शेयर धनि सदस्य  , कर्मचारी , नेपाल प्रहरी , पत्रकार , स्थानीय जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियोे