भोलि राजेन्द्र लिङ्देल जनकपुर आउने भएपछि स्वागतमा खटिए युवाहरु

  |

राजेन्द्र लिङ्देल जनकपुर आउने भएका छन् ।भोलि बिहान ११ बजे लिङ्देल जनकपुर एअरपोर्टमा आइपुग्ने भएका हुन। आमसभा र जानकी मन्दिर दर्शन गर्न राजेन्द्र लिङ्देल जनकपुर आउने भए पछि राप्रापा जनकपुरले तयारी जोड्तोडका साथ अघि तयारी बढाएको छ । अध्यक्ष पदमा निर्वाचित भए पश्चात् राजेन्द्र लिङ्देलको पहिलो जनकपुर भ्रमण सफल बनाउन राप्रपाले तयारी पूरा गरेको जनाएको छ ।

उनको अवागमलाई जनकपुर स्थित केही हिन्दुबादी संगठनले समेत साथ दिने भएका  छन । उनिहरु पनि उनको बिचार र सिन्धान्त सँग सहमत भएकाले उनको भब्य स्वागत गरिने  अनुमान गरिएको छ ।

” हिन्दू राज्य र राजसंस्थाको वकालत गरिरहेको राप्रपा भित्र हिन्दूत्वको लागि लड्न एक मसिहा आउनु हुँदै छ , यस मिथिला नगरिमा, हामी उहाँलाई सम्मान गर्न आतुर छौ “, राप्रपा युबा नेता रोशन सिंह राजपुतले भने ।

उनले थपे ,”जो ब्यक्ती आफ्नै समुदायमा नै आलोचनाको पात्र बने पनि हाल धर्म र जन्ताको आशाको केन्द्र राज संस्थाको विषयमा अबाज बुलन्द गर्दै हुनुहुन्छ ,उहाँलाई किन साथ नदिने ?”।

आज बसेको पार्टिको बैठकले उनको तयारीका लागि भोलि हुने कार्यक्रमको तय गरेको हो ।

यता,रुपेठा घट्ना लगायतका हिन्दूबादी आन्दोलन जनकपुर क्षेत्रमा चर्किदै जाँदा उनको जनकपुर यात्रालाई गम्भिरताका साथ लिइएको छ ।