
प्रदेश अधिवेशनलाई सम्बोधन गर्न जनकपुर आएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले नेपाल रास्ट्रमाथी नै खतरा रहेको बताएका छन् ।
सिक्किम बिलय भएको सन्दर्भ सँग जोड्दै उनले नेपालमा पनि त्यो खतरा रहेको जनाएका छन् । राप्रापा प्रदेश अधिबेशनको क्रममा जनकपुरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश खतराको स्थितिमा पुगेको बताए ।
“सिक्किममा राजतन्त्र थियो जब त्यहाँका राजा हटे त्यसपश्चात् त्यहाँका नेताले सिक्किमलाई भारतमा बिलाय गराए , त्यो अब नेपालमा हुने खतरा छ ,”लिङ्देलले भने ।
कार्यक्रममा बोल्दै लिङ्देलले नेताहरु भस्टचारी भएको भन्दै नेताहरुले करोडौं रुपैयाँ स्विट्जरल्यान्डमा थुपारेको भन्दै आक्रोश ब्यक्त गरे ।
उनले थपे “, म किरातको छोरा आज हिन्दुको कुरा उजागर गर्दै छु किन सोध्नुस , हिन्दूमाथी खतरा रहेको छ “।
जानकी हलो बाट नै उत्पती भएको सबन्ध जोड्दै राप्रापा पनि हालो लिएर नेपालमा नयाँ ब्यवस्था ल्याउने तर्क दिएका छन् ।
लिङदेल आज बिहान जनकपुर आए पछि उनलाई राप्रपाका युबाहरुले भब्य स्वागत गरेका थिए ।