साना किसान कृषि सहकारी संस्था हरिहरपुरको १४ औं साधरण सभा सप्पन्न

  |

धनुषा ।मिथिला नगरपालिका हरिहरपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज हरिहरपुरमा  सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि जुलि कुमारी महतोको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि  जुलि महतोले  सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि साना किसान कृषि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेकोमा प्रसंशा गरेकि छन् ।

 

कार्यक्रममा पुर्ब मन्त्री जुलि महतोले आफू  गाउँमा जन्मेको महिला भएर आज नेतृत्व गरिरहेको भन्दै प्रतेक महिलामा नेतृत्वदायिक भुमिका हुनुपर्ने बताएकी छिन ।कार्यक्रममा बोल्दै महतोले सहकारी कै माध्यमले आज गाउँघरका महिला पनि सहकारिको शेयरधानी अर्थात मालिक हुन पुगेको औलाएकी छिन । भबिस्यमा उक्त सहकारीका लागि आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न आफू तत्पर रहेको जिकिर गरिन ।कम्युनिस्टले बिकासको तिब्रता अगाडि बढाएको भन्दै कृषि  सहकारी मार्फत बिकासको आबधारण बढाएको तर अरु दलले त्यस्मा बाधा अबरोध पैदा गरेको गुनासो पोखिन ।

त्यस्तै ,कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका मेयर हरिनारायण  महतोले आर्थिक बिकासको मेरुदण्ड नै कृषि भएकाले यसले बिगत भन्दा बढी सबल तुल्याएको पुस्ट्याएका छन् ।कार्यक्रममा बोल्दै उनले साना किसान कृषि सहकारी संस्थाले आर्थिक दिगो पनलाई बढाबा दिएको र आर्थिक प्रगती यसैको कारण चाँडै भएको जनाएका छन् । सहकारीको बिकासको लागि आफुले सक्दो सहयोग गर्ने बाचा समेत दिए ।

कार्यक्रममा विशिष्ठ अतिथी जग्गा दाता सुशिला देवी उपाध्याय, ई.केदार चन्द्र शर्मा अतिथी मि.न.पा. वडा नम्बर ३ का वडाअध्यक्ष राम एकवाल महतो, साना किसान विकास वैंक इलाका प्रवन्धक यूवराज गैरे, क्षि.न.पा. ७ का वडाअध्यक्ष राम कृष्ण यादव, संत कविर अनाथ आश्रमका बाबा श्री आलोक, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, समाजसेवी सुर्य वहादुर, रविनाथ महतो संस्थाका संचालक समिति, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

smart

smart