सर्लाही प्रहरीले अदालतकाे आदेशको अपहेलना गर्दै ज्यान मार्ने उद्योगका आरोपीहरुलाई पक्राउ नगरी संरक्षण दिएको आरोप लागेको छ ।
सर्लाही प्रहरीले जिल्ला अदालत सर्लाहीको आदेशको अपहेलना गर्दै ज्यान मार्ने उद्योगका सातजना आरोपीहरुलाई पक्राउ नगरी संरक्षण दिएको पिडित पक्षले आरोप लगाएका छन् ।
पिडित पक्षका कबिलासी नगरपालिका वडा न-१० सलेमपुर बस्ने राज किशोर रायले छोरा आदित्य रायसमेतले जिल्ला अदालत सर्लाहीमा दिएको जाहेरीको आधारमा जिल्ला अदालतबाट फरार रहेका प्रतिवादीहरु संजय कुमार यादव , राज नारायण राय यादव आशिष यादव , राज कुमार यादव , अभय कुमार यादव , गुड्डु भन्ने अरविन्द कुमार यादव र छोटु भन्ने आकास कुमार यादव गरि सातजना उपर ज्यान मार्ने उधोग तथा अंगभंग सम्बन्धि मुद्दा दर्ता भई जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसक्दा समेत सर्लाही प्रहरीले हालसम्म उनीहरुलाई पक्राउ नगरि संरक्षण दिएको आरोप लगाएका छन्।
अदालतबाट पक्राउ पुर्जी समेत जारी गरेको अवस्था हुदाँहुदै पनि प्रहरीले अपहेलना गरेको पिडित पक्षको राज किशोर रायले आरोप लगाएको छ।
आरोपी मध्येका राजनारायणलाई पक्राउ गरि अदालतमा बुझाउँदा पनि जिल्ला प्रशासन प्रमुखकाे संलग्नतामा उनलाई रिहा गरिएको रायले गुनासो गरेका छन। प्रहरी प्रशासनको यस किसिमको क्रियाकलापबाट देशमा न्याय मरेको भन्दै पिडित पक्षले दु:ख व्यक्त गरेका छन ।
दोषिलाई तुरुन्त पक्राउ गरि उनीहरु उपर कार्यवाही चलाएर पिडितलाई उचित न्याय दिलाउन उनीहरुले आग्रह गरेका छन् ।
यता, प्रतिवादी यादवसंग प्रतीक्रिया लिदा सबै मुद्दा झुठो रहेको उहाँको भनाइ छ । सबै कुरा निराधार रहेको र फसाउन षड्यन्त्र गरेको उनले अाराेप लगाएका छन ।