सर्लाहीको हरिवनमा गाडी पल्टिँदा १७ घाइते

  |

जिल्लाको हरिवनमा आज दिउँसो यात्रुबस पल्टिँदा १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक बस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ ।

बसमा घाइते भएका १७ जनामध्ये एकजना गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईतेहरुको संख्या था अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।