अपाङ्गता भएकाहरुको हक अधिकारका कुराहरु भाषणमा मात्र सिमित भयो : पुर्वमन्त्री महतो

  |

 

नेकपा एमालेकी नेतृ तथा पुर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले अपाँग प्रति प्रदेश र स्थानिय सरकार उदासिन रहेको बताएकी छन् । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जिल्ला शाखा धनुषाद्वारा आयोजित स्व. खगेन्द्र बस्नेतको ९४ औं जन्मजयन्ती अवसरमा आयोजित कम्वल वितरण कार्यक्रममा पूर्व मन्त्री महतोले अपाङ्गता भएकाहरुको हक अधिकारका कुराहरु भाषणमा मात्र सिमित भएको बताइन ।

स्थानिय र प्रदेश सरकार मौन रहँदा सामुदायिक स्तरमा अपाँगहरु झन कष्टकर जिवन विताउनु परेको उनको भनाई छ । अपाङ्गता भएकाहरु बोझ नभएर समाजकै एक अंग रहेकाले सबैले माया स्नेह र सम्मान गर्नु पर्ने पूर्व मन्त्री महतोको जोड छ ।

अपांग व्यक्तिहरुको लागि आवासीय पुनस्थापना केन्द्रको उद्घाटन गर्दै उनले प्रदेश सरकारलाई अपाङ्गताभएकाहरुका लागि विशेष अनुदान सहितको कार्यक्रम ल्याउन आग्रह गरेकी छन् । सो अवसरमा पुर्वमन्त्री महतोकै हातबाट कुल २८ जना अपाङ्गता भएकाहरुलाई न्यानो कम्वल वितरण गरिएको थियाे ।