प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

  |

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।गम्भीर बिरामी परेर खुमलटारमै रहेकी उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

कोरोना संक्रमण देखिएपछि उनलाई मेडिसिटीमा भर्ना गरिएको छ। अहिले उनलाई आईसीयुमा राखेर उपचार भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

कोरोना देखिए पनि सीताको स्वास्थ्यमा जटिल समस्या भने नदेखिएको सचिवालयले जानकारी दिएको छ।