महोत्तरीको गाउँपालिकामा अख्तियारको छापा

  |

महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारले छापामारी गरेको छ ।मंगलबार आयोगमा परेको उजुरीको आधारमा कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी ले जनाएका छन्

जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको लगायतका उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो ।