कर्मचारीले अबकाश पछि प्राप्त हुने रकममा १५ प्रतिशत कर तिर्नुपर्ने सर्बोच्चद्वारा रोक

  |

अवकाश प्राप्त कर्मचारीले प्राप्त गर्ने पेन्सनमा समेत कर लगाउने पूर्ववर्ति सरकारले निर्णयलाई सर्वाेच्च अदालतले रोक लगाइीदएको छ । सर्वाेच्चका न्यायधीशद्धय इश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलाशले यस अघि पूर्ववर्ति सरकारका अर्थमन्त्रीको निर्णयलाई रोक लगाइदिएको हो ।

कर्मचारीले पेट काटेर,आफ्ना भविष्यका लागि अवकाश पछि केही वचत होस भनेर जोगाएको रकममा समेत पूर्व अर्थमन्त्री खतिवडाको वक्रदृष्ट्रि परेको थियो । यस अघि ५ प्रतिशत कर लाग्दै आएकोमा कर बढाएर १५ प्रतिशत बनाइएको थियो ।

तीन बर्ष अघि युवराज खतिवडा अर्थमन्त्रीमा बहाल हुँदा अवकाश हुँदा पाएको रकममा समेत १५ प्रतिशत कर लगाउने निर्णय भएको थियो । पूर्व अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीले अवकाश पछि पाउने रकमा १५ प्रतिशत रकम कर लगाउने निर्णयलाई मंगलबार सर्वाेच्चका न्यायधीशद्धय खतिवडा र सुवेदीको संयुक्त इजलाशले १५ प्रतिशत कर लगाउन नपाउने फैसला गरेको हो ।