प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह अस्पताल भर्ना, स्वास्थ्य अबस्थामा सुधार

  |

नेपाली काङ्ग्रेस मधेस प्रदेशका उप- सभापतिसमेत रहेकामधेस प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह अस्पताल भर्ना भएका छन ।हिजो बुधबार राती १०:३०मा आकस्मिक स्वस्थ्यमा खराबी आए पछि उनलाई जनकपुर स्थित काब्या हस्पिटलमा भर्ना गरिएको छ ।

जनकपुरमा रहेका मन्त्री सिंहलाई एक्कासी छाती दु:खे पछि उनलाई अस्पताल भर्ना गरिएको जनाएका छन । हाल उनको अबस्थामा सुधार आएको उनिसँग रहेका आफन्तले जनाएका छन ।

केहि दिन अगाडि सर्लाहीमा काङ्ग्रेसको अधिवेशनमा अमरेश कुमार सिंहसँग विवाद भएता पनि उप-सभापतिमा निर्वाचित भएका थिए ।

सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि सम्पन्न मतदानमा मन्त्री वीरेन्द्र प्रसाद सिंहले ५१६ मत पाएर प्रतिनिधि बनेका थिए । २४८ मत पाएका अमरेश भने पराजित भएका थिए ।