ब्राजिल र इक्वेडरले अंक बाँडे

  |

कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानको खेलमा दुबै टिमले १(१ गोल गरेका हुन् ।

यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए । कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो । फेलिक्स टोरेसले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
.बराबरीसँगै ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।