ट्याक्टरको टेलरमा गाडी ठोकिँदै सर्लाहीको हरिवोनमा २५ यात्रु घाइते

  |

उखु बाेकेर राेकिराखेकाे ट्याक्टरकाे टेलरमा रात्रीबस ठाेक्किदा २५ जना यात्रु घाईते भएका छन् ।

पश्चिम भैरहवाबाट पुर्व विराटनगर तर्फ जाँदै गरेको लु. २ ख ४७५७ नम्बरको रात्रीबस शुक्रबार बिहान सबा ४ बजे ज. २ त ७८१ नम्बरको उखु लोड गरेको ट्याक्टरकाे टेलरमा ठोक्किएकाे हाे । उक्त ट्याक्टर बिग्रेर विहिबार दिउँसै हरिवन नगरपालिका-९ सुखेपाेखरी स्थित राजमार्गमै साईड लगाएर राखिएकाे थियाे ।

बसमा सवार ३९ जना मध्ये २५ जना यात्रु घाईते भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए । बसका चालक र सहचालक समेत घाईते भएका छन् । प्रहरीका अनुसार ५ जना घाईतेलाई उपचारका लागि वीरगंज स्थित बयाेधा अस्पताल पठाईएकाे छ ।

रुपन्देही जिल्ला श्रीकटन गापा-१२ निबासी २५ वर्षीया कृतिका चौधरी, रुपन्देही कन्चन गापा-१ निबासी २६ वर्षीय बसका सहचालक दिपेन्द्र मलाह, बुटवल उपमहानगरपालिका-७ निवासी २२ वर्षीय बिशाल परियार, २१ वर्षीया सुमिफा परियार, २८ वर्षीया झर्ना परियारको वयाेधा अस्पतालमा उपचार भईरहेकाे छ । त्यस्तै चितवन खैरहनी नपा-७ निवासी ३६ वर्षीय पसुराम फुयाल, बुटवल नपा-१० निवासी ४३ वर्षीय भुपराज चापागाईकाे भरतपुरमा उपचार भईरहेकाे प्रनाउ बुढाथाेकीले जानकारी दिए ।

अन्य सामान्य घाईतेहरुकाे हरिवन बजार स्थित स्वाभिमान अस्पताल र सुखेपाेखरी स्थित जीवन हेल्थ केयरमा उपचार भईरहेकाे छ । सामान्य घाईते हुनेहरुमा बुटवल उपमहानगरपालिका-८ निवासी ५२ वर्षीय टोप बहादुर गुरुङ, बुटवल उपमहानगरपालिका-१२ निवासी२४ वर्षीय शिव भुषाल र उनकी पत्नी २१ वर्षीया सविता भुषाल, बुटवल-१३ निवासी ३१ वर्षीया निशा पौडेल, मोरङकाे सोनबर्षा नपा-५ निवासी ४५ वर्षीय विरेन्द्र मण्डल र ३७ वर्षीय शंकर सरदार, विराटनगर महानगरपालिका-६ निवासी ४७ वर्षीय जय प्रकाश साह, सप्तरी खट्क नपा-८ निवासी ४२ वर्षीय तुलसी प्रसाद चौधरी र उनकी पत्नी ३८ वर्षीया ललिता कुमारी चौधरी रहेका छन् ।

त्यस्तै सप्तरीकै रामनगर कोदारकट्टी बलानदेवल नपा-५ निवासी २० वर्षीय सत्यनारायण यादव, सुनसरीकाे ईनर्वा नपा-६ निवासी ४६ वर्षीय हरि प्रसाद पोखरेल, स्याङजाकाे काली गण्डकी गापा-५ निवासी २६ वर्षीय त्रिभुवन न्यौपाने, जनकपुर नगरपालिका-१२ निवासी २९ वर्षीय चन्द्रकान्त यादव, रौतहटकाे गरुडा नपा-१ निवासी ३० वर्षीय सुभास गुप्ता, सिरहाकाे सखुवा गापा-१ निवासी ६१ वर्षीय किसुनदेव यादव, ३६ वर्षीय राजकुमार यादव र ३७ वर्षीया शितल कुमारी यादव, रुपन्देही रोहनी गापा-१ निवासी ३० वर्षीय ईम्तियाज खान सामान्य घाईते भएका छन् ।

सामान्य घाईते बसका चालकलाई उपचार पश्चात हरिवन प्रहरीले नियन्त्रणमा लिएकाे छ । बसका चालक निदाएर ट्याक्टर नदेखेकाे हुन सक्ने स्थानीयले प्रारम्भिक अनुमान गरेका छन् । प्रहरीले दुर्घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेकाे जनाएकाे छ ।