चुनाबको माहोलमा हजारौंको साथ महेन्द्रनगरमा नेकपा एमालेले गरेको पार्टी प्रवेशको के हो वास्तविकता? (रिपोर्ट)

  |

धनुषाको महेन्द्रनगरमा  नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपालिका -५ मा  आज भएको पार्टी प्रवेश कार्यक्रममा हजारौंका संख्यामा विभिन्न पार्टी छोडेर नेकपा एमालेमा भित्रिएको एमालेले जनाएको छ ।

पूर्वा मन्त्री रघुवीर महासेठको अतिथ्यमा भएको पार्टि प्रबेश कार्यक्रममा पूर्व मन्त्री जुलि महतोको साथै  बटेश्वर गाउँपलिका प्रमुख डम्बर बहादुर राउत , युबा नेता  तथा खेलकुद महासंघका मधेस प्रदेश संयोजक कमल चौधरी तथा खेलकुद महासंघका  केन्द्रिय सदस्य  अनिल चौधरीको  उपस्थित रहेको थियो । अन्य थुप्रै जसपाका ,काङ्ग्रेस र अन्य दलका नेताहरु साथै विभिन्न तप्का तहमा प्रतिनिधित्व  गर्ने जनप्रतिनिधि एमाले प्रबेश गरेको एमालेले जनाएको छ ।

( न्युज अफ नेसनले यस पार्टी प्रबेश कार्यक्रमलाई अर्थपुर्ण तरिकाले बिश्लेसण गर्ने प्रयास गरेको छ ।)

मुलत :क्षिरेश्वरनाथ नगरपालिकामा शक्ति पृथकिकरणको हिसाबले दुई पार्टी मजबुत छन ,तिन हुन -काङ्ग्रेस र एमाले ।
काङ्ग्रेससँगको पुर्ण प्रतिस्पर्धामा शुकदेव यादबलाई निकै गम्भीरताका साथ नगरबालीले लिने गरेका छ्न ।उनी पछिल्लो चुनाबका मुख्य प्रतिस्पर्धि थिए र हाल उनको जसपाबाट टर्न ओभलाइ अर्थ पुर्ण तरिकाबाट हेरिदै छ । उनीसंगै महेन्द्रनगरको ६ नम्बर वार्डका मुख्य प्रतिस्पर्धि बिनोद गुप्ता पनि एमाले पुगेका छ्न।

 

एमालेको कार्यक्रम निकै तामझाम साथ आज महेन्द्रनगरमा सम्पन्न भयो तर चुनाबको मुखमा नै किन भन्ने धेरैको जिज्ञासा् रहेको छ ।

बिपक्षी काङ्ग्रेस  के भन्छ त एमालेको पार्टी प्रबेशलाई ?

नेपाली काङ्ग्रेसले आज भएको  नेकपा एमालेको पार्टी प्रबेश कार्यक्रमलाई सिन्धान्तको राजनितिबाट स्वार्थको राजनितिमा परिणत भएको जनाएको छ । नगर सभापति रहेका लालबाबू यादवका अनुसार शुक देव यादवलाई  पार्टी त्याग गर्ने नेताको रुप मा हेरिएको भनी टिप्पणी गरेका छन ।न्युज अफ नेसन सँगको फोन सम्बादमा यादबले भने ‘हाम्रोबाट कोहि कतै पुग्या छैनन ,जसपाबाट आएका हुन सबै ।’

उनले पुनः थपे ‘उहाँ (सुकदेव यादव )जि सिधाान्तको राजनीतिबाट पर पुग्नु भयो , पैले हाम्रोमा हुनुन्थ्यो आहिले एमाले पुग्नु भएछ ,यसले हामीलाई केही प्रभाव पर्दैन ।’

के एमालेले बाहिरी जिल्लाबाट मानिस ल्याको हो ?

नेकपा एमालेका युबा नेता अनिल चौधरीका अनुसार एमालेले कुनै बहिर ब्यक्ती नल्याएको तर्क दिएका छन ।उनले भने ‘एमाले अझ मजबुत हुँदै छ,यो आरोप निराधार र कपोकल्पित हो ।’

 

सुकदेब यादवको धारणा कस्तो छ पार्टी प्रबेशको विषयमा ?

आज भएको पार्टी प्रबेश कार्यक्रमका बारे न्युज अफ नेसन सँगको सम्बादमा शुकदेव यादवले जसापा मात्र नभएर काङ्ग्रेसका विभिन्न डेलिगट र कार्यकर्ता समेत आफुहरुका आएको जनाएका छन ।’कसैले मलाई स्वार्थको राजनितिको आरोप लगाउछ भने त्यो उसको राजनीतिको धर्म हो लगाउन पाउँछ । उनले भने ;’आफूलाई ल्याइएको नभएर मलाई जन्ताले ल्याएका हुन ।त्यसैले मैले पार्टी त्याग गरे ।’ उनले थपे ,’ म त भर्खर पार्टी मात्र प्रबेश गरेको हु ,अब संगठन मजबुत पार्ने छु ।’

 

किन यस्तो हुँदैछ त क्षिरेश्वरनाथ नगरपालिकामा ?

क्षिरेस्वरनाथ नगरपालिकामा मुलतः काङ्ग्रेसबाट योगेन्द्र पंजीयार मजबुत रहेको पछिल्लो चुनाबले देखाएको थियो ।खासगरि महेन्द्रनगर काङ्ग्रेसको गण मन्ने गरिन्छ । काङ्ग्रेसका नेता योगेन्द्र पजियार जिल्लाको चुनाबमा ब्यस्त हुदै गर्दा शुकदेबले महेन्द्रनगरमा पार्टी प्रबेश गराउनुलाई स्थानीयले गम्भीरताका साथ लिएका छ्न । यसले काङ्ग्रेसलाई चुनौती दिएको स्थानीय बताउँछन् । चुनाब आगाडी आउदै गर्दा दुबै पार्टी आफुलाइ मजबुत कसरी देखिने भन्ने रस्साकस्सीमा छन् ।

नेकपा एमालेमा क्षिरेश्वरबाट मेयरको प्रतिद्वन्दी चै को हुने ?

मुलतः महेन्द्रनगरबाट एमालेमा जल्ल्दोबल्दो रुपमा चर्चामा रहेका दुई ब्यक्ती रहेका छन् । एक -अनिल चौधरी र दोश्रो -शुकदेब यादब ।अनिल चौधरीको बिचारमा आफू हुने वा नहुने त्यो अहिले भन्न नसकिने जनाएका छ्न ।पार्टीले जसलाइ सक्षम भनी घोषित गर्छ उ नै हुने हो उनले प्रतिक्रिया दिए ।

यता,एमालेर काङ्ग्रेसबिचको चुनावी प्रतिस्पर्धालाई नगरबासिले सुक्ष्म तबरले अध्यन गरिरहेको नगरबासीको भनाइ छ । आउदो बैशाख भित्र स्थानीय निकायको चुनाब हुने धारणा सरकारबाट आउँदै गर्दा त्यसको प्रभाव क्षिरेश्वरमा पनि परेको छ ।