
बर्दिया : बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । जिल्लाको बाँसगढी नगरपालिका९३ मा आज बिहान भएको बस दुर्घटनमा ३५ जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मोतीपुरका अनुसार दुर्घटनामा घाइतेमध्ये कालीकोटको त्रिवेणी गाउँपालिका-६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका-७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको छ ।