हावाहरुका कारण मधेस प्रदेशमा दुई बालबालिका सहित एक महिलाको मृत्यु

  |

 

मधेश प्रदेशमा हावाहुरीका कारण दुई बालबालिका सहित एक महिलाले ज्यान गुमाएका छन् । शुक्रबार बिहान देखि चलेको पानी सहितको हुरीले धनुषाका दुई बिद्यार्थी र रौतहटका एक महिलाको मृत्यु भएको हो ।

सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षीया अरबन्दी सदाको मृत्यु हो।जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेका अनुसार हावाहुरीले मसलाको रुख ढल्दा दुवै जनालाई किचेको जनाएका छन् ।

त्यस्तै हावाहुरीले घर ढल्दा रौतहटमा बौधीमाई नगरपालिका-१ स्थित इँटाको घर ढल्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार धनुषाको त्यसक्रममा उनीहरुको टाउकोमा चोट लागेर तत्कालै ज्यान गएको हो।

प्रहरीका अनुसार रौतहटको उनीसँगै घरमा बाँधेका दुईवटा बाख्रा पनि मरेका छन्।