महेन्द्रनगरमा पानी निकास नहुँदा बस्तीमा पानी

  |

धनुषाको महेन्द्रनगर स्थित  सखुवा बजार नजिक रहेको लामा टोल(साइटिस्ट टोल ) मा पानीको निकास नहुँदा बस्तीमा पानी पसेको छ ।गाल्ली गल्लीको पानी घरमा पुगेको भन्दै स्थानीय आक्रोश  भएका छन् ।

भर्खर बनाइएको ढलान  तह जमिनी सतह भन्दा उच्च भए पछि पानी जम्ने र घरमा भेल बनी पस्ने  समस्या आएको स्थानीयले बताएका छ्न ।रोड भै बग्नु पर्ने पानी घर भित्र भएर बगेको हो ।पानी घरभित्र पसेपछि चौपाया समेत भिजेको छ ।

पानी जम्मा भए पछि निकासको लागि गुनासो गरेको तर हाल सम्म कोहि नआएको एक जना स्थानीयले बताएका छन् ।घरका लुगाफाटो लताकपडा सबै भिजेको जनाएका छन् ।

´साधारण पानी पर्दा समेत पानी घरघर पानी  पसेको छ हामी असारमा कसरी बस्न सक्छौं` एक स्थानीयले गुनासो पोखे ।

 

ढलान गर्दा नगरपालिकाले पानी निकास हुने अबस्थामा चासो नदिएको भन्दै स्थानीयले नगरपालिकाको आलोचना गरेका छ्न ।