सर्लाही। सडक निर्माणको विषयमा ईश्वरपुर
नगरपालिकामा सडक विस्तारका विषयमा वडाध्यक्ष र
स्थानीयबीच लफडा भएको छ।
ईश्वरपुरमा वडाअध्यक्ष समूहले कुटपिट गर्दा ईश्वरपुर
नगरपालिका- १२ निवासी सुधाकर ढुङेल घाइते भएका
छन्। गत शुक्रबार दिउँसो सोही वडाका वडाध्यक्ष
नागेन्द्र पाख्विनले सडक निर्माणको सामान्य कुरालाई
लिएर आफूमाथि ढुंगा प्रहार गरेका ढुंगेलको आरोप छ।
ढुङ्गा लागेका ढुङेलको टाउकोमा चोट लागेको छ।
यद्यपि वडाध्यक्ष पाख़िनले उनलाई सामान्य चोट मात्र
लागेको बताएका छन्।
सडक विस्तारका क्रममा आफूले एकलौटी सडक
दिंदासमेत वडाध्यक्षले अनावश्यक बखेडा झिकेर
विवाद सिर्जना गरेको ढुङेलको आरोप छ।ढुङेलले भने,
“त्यसमा पनि वडाध्यक्षले यहाँबाट दे, त्यहाँबाट हुँदैन
भनेर जबर्जस्ती गरिरहेका छन्।”
छिमेकी साँधबालाले दुवै तर्फबाट बराबर बाटो दिन
नमानेपछि ढुङेलले आफ्नो बारीको बीचबाट एकलौटी
बाटो दिएका बताएका छन्।
वडाध्यक्ष पाखिनले छिमेकी साधवालासगँ साँठगाठ
गरेर आफूलाई एकलौटी पेलेर सड़क निर्माण गर्न लगाएको
उनको आरोप छ। वडाध्यक्षले गुन्डागर्दी
शैलीमा केही समूहलाई बोलाएर उनकै आदेशमा
आफूमाथि कुटपिट गरेका ढुङेलले बताए।
वडाध्यक्ष पाख़िनले भने ढुंगेलले आफ्ना दाजुको
जग्गामा बाटो नपर्नेगरी आफूले एकलौटी आफ्नो मात्र
जग्गामा पर्नेगरी बाटो लैजान खोजेका बताएका छन्।
उनले भने, “यो ३०/४० वर्षअधिको बाटो हो। उहाँले
आफ्नो दाइलाई पाखा लगाएर आफ्नो मात्र स्वार्थ हेरे
यस क्रममा मैले त्यसो नगर्नभन्दा ममाथि आक्रमणको
प्रयास भयो।”
आफूले बाटो बनाउने क्रममा सबैलाई बराबरी हुनुपने
बताए पनि ढुंगलका मान्छेहरूले भनाभनको भिडियो
बनाएर ढुंगा हान्न खोज्दा अवस्था सामान्यभन्दा बाहिर
गएको बताएका छन्।
इलाका प्रहरी कार्यलय केशरगंजका प्रमुख प्रहरी
निरीक्षक जनक ढुंगानाले यस विषयमा बुझने काम
भइरहेको बताएका छन् ।