पूर्वसुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउने तयारी गरेको छ । यसका लागि उनीहरूको विवरण तयार गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
आज गृह मन्त्रालयमा भएको स्थानीय तहको निर्वाचन सुरक्षासम्बन्धी छलफलमा गृहका अधिकारीहरूले विवरण राख्न निर्देशन दिएका हुन् ।
बैठकमा सहभागी एक अधिकारीले भने, “जागिर छाडेको १० वर्ष भएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न भनिएको छ । उनीहरूलाई निर्वाचन सुरक्षामा खटाएर काम गरेबापतको सेवा–सुविधा दिने विषयमा छलफल भएको छ । निर्वाचनको सुरक्षामा तालिमप्राप्त जनशक्ति हुँदा त्यसको प्रभावकारिता देखिन्छ भन्ने भयो ।”
यसबाहेक म्यादी प्रहरीको भर्ना छुट्टै लिने विषयमा समेत छलफल भएको ती अधिकारीले बताए ।