जुत्ता गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु

  |

दाङको एक जुत्ता गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको हो ।इरम फुटवेयर चप्पल गोदाम रहेको चारतले घरमा बिहीबार राति आलगागी भएको प्रहरीले जनाएको छ ।जसमा जलेर पाँचजनाको मृत्यु भएको ५ जनाको मृत्यु भएको हो।

आगलागीमा ५ जनाको मृत्यु भएको बुझिएपनि उनीहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा घोराही उपमहानगरपालिकाको दमकल खटिएका थिए।