दरपीठको निर्णय पल्टियो , मेयर साह भन्छन् न्यायलयप्रतीको बिश्वास मजबुत हुँदै

  |

आउँदो बैशाख ३० गते हुने भनिएको स्थानीय तहको चुनाब स्थगित गर्न भनी भंगहा नगरपालिकाका मेयर सजीव कुमार साहले सर्बोच्चमा दायर गरेको रिट सर्बोच्चले हेर्ने भएको छ ।

 

सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अदालत रजिष्टारको रिट दरपीठ गर्न निर्णय बदर गर्दै सो रिट दर्तागर्न बुधबार आदेश दिएको हो ।

प्रशासनको निर्णयविरुद्ध निवेदकले इजलासमा निवेदन दिन सक्ने व्यवस्था छ ।

सोही अनुसार मेयर साहले पुनः दरपिठ उपर सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता गराएका थिए । जसको सुनुवाई फागुन ४ गते हुने भनिएको थियो।

यत,आज सर्बोच्चले रिट हेर्ने भए पछि तोकिएको अबधीमा चुनाब हुने र नहुने भन्नेमा आशंका उत्पन्न भएको छ ।

 

अदालतको निर्णयले न्यायलय प्रतीको बिश्वास मजबुत बनेको मेयर साहले जनाएका छन।नेपाली जन्ताका लागि संविधानभन्दा ठूलो केही नभएको भन्दै संविधान उपर आफुले बिश्वास गरेको बताएका छन ।

भंगहा नगरपालिकाको बेज्जत भएको भन्ने विरुद्ध प्रतिक्रियामा मेयर सन्जिब साहले आफु उपर आफ्नो नगरपालिकाको विरुद्ध बेजती गरेको भनी विपक्षीले गरेकोको ट्यागलाई गतिलो झट्का गएको फेसबुक लाइभमा आएर प्रतिक्रिया दिएका छन् ।

´´ मैले कानुन नपढी सर्बोच्चमा पुगेको भन्ने छ ,म त्यति बेकुफ छैन जुन संविधान नपढी नबुझी जान्छु ।” मेयर साहले भने ।

मेयर साहको अदालती प्रक्रियाले मुलत:तराई -मधेशका जनप्रतिनिधिका लागि राहतको विषय हुन सक्ने अनुमान गरिएको छ ।