धनुषाको माल्टोलमा मोटरसाइकल दुर्घटना

  |

धनुषाको धनुषाधाम नगरपालिका -६ मालटोलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने एकजना घाईते भएका छन् ।

 

 

दुई मोटरसाईकल एकआपसमा ठोक्किदा सोही स्थान बस्ने ४२ बर्षिय रामबहादुर गोले मगरको मृत्यू भएको हो । उनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ७४ प ७५३९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ज. १२ प १६७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।