
नेपाल खेलकुद महासंघ मधेश प्रदेश कमिटीको प्रथम अधिवशेन सम्पन्न भएको छ ।
प्रदेश राजधानी जनकपुरधाम स्थित महेन्द्रनगरमा शुक्रबार सम्पन्न अधिवेशनले कमलकिशोर चौधरीको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।
पुर्ब सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटको प्रमुख अतिथ्यमा भएको उक्त अधिवेशनमा प्रदेश अन्तर्गत विभिन्न जिल्लाका नयाँ पदाधिकारीको चयन भएको छ ।
पर्साका दिपक तिवारी र सप्तरिका अभिलासा पन्थ उपाध्यक्षमा निर्वाचित भएका छन् भने महोत्तरीका फाल्गुन मगर सचिव पदमा चयन भएका छन् ।
अध्यक्षमा चयन भए पश्चात् खेलकुद र खेलाडीको पक्षमा आफ्नो ३२ वार्षिय मेहनत र बिज्ञता खर्च गर्ने चौधरीले बताएका छन। बिगतमा खेलकुद निकै दु:खद अबस्था रहेको बताउदै उनले खेलकुदमा आफू पार्टीको सिधाान्त र मार्ग दर्शन अनुरुप खेलाडीहरुको अधिकारमा प्रतिबद्ध हुने बताए ।
मधेश प्रदेश खेलकुद महासंघको कमिटीका पदाधिकारीको नाम र पद :
अध्यक्ष: कमल किशोर चौधरी
उपाध्यक्ष: दिपक तिवारी(पर्सा )
उपाध्यक्ष: अभिलासा पन्थ (सप्तरी)
सचिव: फाल्गुन मगर ( महोत्तरी )
सहसचिव: राजिब यादव (सिरहा )
कोषाध्यक्ष: अबधेश कुमार पटेल