८५ सदस्यीय समिति गठन गरि मिथिला बिहारी नगरपालिकाको अधिवेशन सप्पन्न सम्पन्न

नेकपा एमाले पार्टीको मिथिला बिहारी नपाको प्रथम नगर अधिवेशन ८५ सदस्यीय समिति गठन गरि आज सम्पन्न भएको छ ।

एमालेका केन्द्रिय सचिब एवम् पुर्ब मन्त्री रघुविर महासेठ तथा पुर्ब मन्त्री जुलि महासेठको अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पुर्ब मन्त्री रघुविर महासेठ्ले एमालेले मधेशमा बिकासको आधीहरु ल्याउने भन्दै एमालेलाई कसैले रोक्न नसक्ने भनी चेतावनी दिएका छ्न । साथै सम्पुर्ण पदाधिकारीलाई नेतृत्व सम्हालेकोमा बधाई समेत दिएका छन् ।

कार्यक्रममा जिल्ला इन्चार्ज रामचन्द्र मन्डल सहित सयौं कार्यकर्ताको सहभागी रहेको थियो ।

बिहारी नपाको प्रथम नगर अधिवेशनका पदाधिकारीहरुको नामावली :
अध्यक्ष :शिबचन्द्र मण्डल
उपाध्यक्ष:. रामबाबु यादव
सचीव:बैधनाथ साह
उपसचिव::रामउदगार दास र
सरिता गिरि