
सलाही : जिल्लाको लालबन्दी-१७, रानिग्जमाआइतबार मध्यान्ह पूर्व- पश्चिेम राजमार्ग छेउमै शंकास्पद अवस्थामा बेवारिसे शव फेला परेको छ।
रानिगज्जस्थित कालिज्जोर पुलबाट पूर्वतर्फ परिचय खुल्न नसकेको पुरुषको शव फेला परेको हो। पूर्व-पश्रिम राजमार्गको छेउमै सड़क भन्दा उत्तरतर्फ फेला परेको बेवारिसे शवको परिचय खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
पूर्व- पश्चिम राजमार्गमा हिंडेका मानिसहरुले शव देखेपछि प्रहरीमा खबर गरेका थिए। मृतकको टाउको घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्लाबाट फरेन्सिक टोली र प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए। घटना शंकास्पद भएकाले जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई पनि घटनास्थलमा आइपुगेका छन्।