सर्लाहीको काङ्ग्रेस महाधिवेशन लथालिङ्ग , अझै हुन सकेन मतदान

नेपाली कांग्रेस सर्लाहीको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु हुन सकेको छैन । विवादका बीच निर्वाचन समितिले मतदान स्थगित गरेको छ ।

क्रियाशील सदस्यता, महाधिवेशन प्रतिनिधि लगायत विषयमा पटक पटक रडाको मच्चाएर समयमै वडादेखि क्षेत्रसम्मको अधिवेशनमा भाँजो हाल्दै आएका अमरेशले जिल्ला अधिवेशनमा पनि बखेडा झिकेका हुन् ।

अमरेशको समूहले बखेडा झिक्दा सर्लाहीमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । विहान ९ बजेदेखि नेतृत्व चयनका लागि मतदान हुने भनिए पनि मतदान प्रक्रियामा प्रश्न उठाएर अमरेश समूहले बखेडा झिकेको हो । कांग्रेसको विधानमा मतदान अधिकृतले पनि सभापतिसहित पदाधिकारीको चुनावमा मतदान गर्न पाउने व्यवस्था छ ।

तर अमरेश समूहले भने मतदान अधिकृतले मतदान गर्न नपाउने अडान लिएको छ । मतदान अधिकृतले इच्छ्याएको व्यक्तिले पनि नपाउने अडान लिएको छ । परिवारको सदस्य वा नातेदारले पाउने भन्दै त्यसका लागि वडाबाट नाता प्रमाणित गर्नुपर्ने अडान लिएको छ ।(नेपाल पानाबाट)