निकुञ्जमा ड्युटीमा रहेका सेनाको डुबेर मृत्यु

  |

चितवन राष्ट्रिय निकुञ्जमा पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ।

गस्तीमा रहेको सेनाको टोलीलाई एक सिंगे गैंडाले आक्रमण गर्न खोजेपछि जोगिन पोखरीमा हामफालेका जवानको मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ।

गस्तीमा रहेको सेनाको टोलीलाई एक सिंगे गैंडाले आक्रमण गर्न खोजेपछि जोगिन पोखरीमा हामफालेका जवानको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले निकुञ्जको खड्ग दल गणमा कार्यरत् खोटाङका २६ वर्षीय पवन कटुवालको बुधबार मृत्यु भएको जानकारी दिए।

कटुवाल निकुञ्जको कोर इलाकाको साइली माइली पोष्टबाट हुद्दा भोजबहादुर थापाको कमाण्डमा गस्तीमा खटिएका थिए।

राति पौन ८ बजेतिर गैंडाले एक्कासी आक्रमण गर्न खोजेपछि उनी अतालिएर दलदले पोखरीमा हामफालेको डिएसपी अधिकारीले बताए।