
रौतहट : रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच
झडप भएको छ।कटहरीया नगरपालिका-१ इमरिया गाउँमा होली मनाउने क्रममा शुक्रबार राति झडप भएको हो।झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाईफायर गरेको छ।
.
झडपका क्रममा दुई पक्षबीच दुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्ञालक ओम प्रकाश जयसवाल र कटहरिया-९ इमरियाका वड़ा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा
दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।