शान्तिपुरमा बित्तीय शिक्षा तथा ब्यबस्थापन सबन्धी तालिम सम्पन्न  भएको

  |

धनुषाको शान्तिपुरमा बित्तीय शिक्षा तथा ब्यबस्थापन सबन्धी तालिम सम्पन्न  भएको छ ।उधोग तथा बाणिज्य मन्त्रालयको आर्थिक समन्वयमा  साना किसान कृषि सहाकारी सँस्था शान्तिपुरले  संस्थामा गैर आवद्ध ब्यक्तिहरुका लागि यो कार्यक्रम संचालन गरेको हो ।

बद्लदो परिवेशमा आर्थिक चेतना तथा दैनिकिमा आर्थिक ब्यबस्थापन  कसरी गर्ने भन्ने बारे जानकारी प्रदान गरेको कार्यक्रममा  २५ अधिक महिलाहरु सहभागी रहेका थिए ।

तालिममा प्रशिक्षकतथा मुख्य प्रबन्धक गिता सिंहका अनुसार सामाजमा पैसाको सदुपयोग कसरी गर्ने भन्ने बारे जानकारी प्रदान गरेको बताइन् ।

´ ‘सामाजमा महिलाहरुमा  कार्यक्रमले कता  पैसाको सदुपयोग गर्ने बारे जनचेतना प्रदान गर्न यस तालिमले महत्वपूर्ण भुमिका खेलेको छ र लगानी कता गर्दा फाइदा हुन्छ भन्नेमा महिलाहरु निकै जागरुक भएका छन् “,मुख्य प्रबन्ध सिंहले बताइन् ।

त्यस्तै कार्यक्रमका बारे बोल्दै प्रशिक्षित महिलाहरुले आफुहरु  बितिय ब्यबस्थापन के हो भन्ने बारे अन्जान रहेकोमा हाल धेरै नयाँ र खोजमुलक जानकारी जान्ने मौका मिलेको बताए ।

अध्यक्ष अनिरुध मण्डल अनुसार साना किसान कृषि संस्था शान्तीपुरको अबस्था निकै मजबुत रहेको जनाएका छन् । खराब ऋण केही भए पनि खराब ऋणको असुली हुँदै गरेको बताएका  छन् । यस्ता कार्यक्रम समय समयमा हुँदा शेयर धनीहरुमा नि सकारात्मक प्रभाब पर्ने उनले जनाए ।

यस साना किसान कृषि सहकारी संस्थाले समय समयमा कृषकहरुका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।

कृषिमा लागानी बढे देशको उत्पादनमा वृद्धि आउने भन्दै कृषि क्षेत्रको उत्पादनमा पनि लागानी बिस्तार गरेको जनाएको छ ।