पैसाको सेटिङ भएको भन्दै माओवादीका मेयरको लिस्टमा परेका उम्मेद्बार नै जसपामा प्रवेश

  |

न्युज अफ नेसन  / महेन्द्रनगर

महोत्तरी स्थित रहेको भंगाहा नगरपालिका  माओवादीका मेयर प्रत्यासीले  पार्टी परित्याग गरेका छन् ।माओवादी भित्र मेयर पदका लागि टिकटमा पैसाको चल्खेल भएको भन्दै   मेयरका प्रत्यासी असोक  यादबले पार्टी परित्याग गरेका हुन् ।उनि हाल जसपाबाट मेयरमा उम्मेद्बारि दर्ता गराएका छन् ।

केही समय अघि माओवादीबाट अशोक यादब दोश्रो बरियतामा परेका थिए ।उनको उम्मेद्बारीको सम्भावना  करिब करिब कम्जोर परे पछि उनले पार्टी परित्याग गर्नु परेको उनका निकटमले बताएका छन्  । यता, उनले आफू पैसा पेल्न नसक्ने भन्दै सो पार्टी त्याग गरेको जनाएका छन्  ।

यादवका अनुसार जसपाबाट नै नगरको सेवा गर्ने भनी प्रण गरेका छन् ।

दावेदारको   एका एक पार्टी परित्यागले भंगाहमा हलचल भएको थियो ।

यता,  जसपाका संघीय परिषद सदस्य राम जीवन यादव अनुसार जसपाबाट नगर उपप्रमुखमा रंजना बछार लाई जनता समाजबादि पार्टीबाट उमेदवारी दर्ता गराउने निश्चिति  भएको छ ।