भ्रस्टाचार गर्नु आमाको रगत खानु बराबर भन्दै राप्रपाले भड्किलो आचारण नगर्ने

  |

भ्रस्टाचार  गर्नु आमाको रगत खानु बराबर भन्दै राप्रपाले भड्किलो आचारण नगर्ने बताएको छ ।

धनुषाको महेन्द्रनगरमा राप्रपाले भड्किलो प्रकारको कुनै क्रियाकलाप नगर्न अफ्ना सदस्यलाई  आग्रह गरेको छ ।  आज बसेको नगर कमिटीको बैठकले पार्टीको सिद्धान्तमा अडिग हुन आग्रह गरेको हो ।

यता,बिभिन्न पार्टी तथा दलहरुले चुवावलाई भडकिलो बनाउदै गरेको अवस्थामा राप्रपाको यो बिचारको स्थानीय तहमा  स्वागत गरिएको छ ।

राप्रपाबाट वार्ड ५ मा उम्मेदवार बनेका घनु यादव(टाइटल-घनु दाइ)ले आफूहरु कुनै किसिमको भडिलो आचरणको  पक्षमा नभएको भन्दै जन्ताले सिद्धान्तका आधारमा भोट दिने जनाएका छन्  ।
उनले थपे ” जन्ता जागरुक छन् र उनिहरु पहिलेका जस्तो छैनन् , अब जन्ताले कसलाइ दिंदा समाज बन्छ जानिसकेका  छन् ।”

करिब १५ बर्ष  लामो आफ्नो राजनीति पृष्ठभुमि जनाउदै यादवले राप्रपा अनुशासित पार्टी भएकाले जन्ताको मनमा राज गरेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै राप्रपा नगर कमिटी सचिव बिश्वास काफ्लेले राप्रपा अरु भन्दा फरक सिद्धान्त बोकेको पार्टी  रहेकोले हिन्दू रास्ट्र  र राजतन्त्र पार्टीको मुल भुत उद्देश्य भएकाले आज समाजमा राजाको कमिले अराजकता बढेको दावी गरे  ।

 

“एक्काइसौं शताब्दिमा स्वतन्त्रताको भोक हामी राजभक्तलाई लागेको छ ।तर आज स्वतन्त्रताको नाममा सभ्य भाषाधर्म  नै संकटमा पर्दै गएको छ ।सामाजिक अभियान होस् या सामाजिक संजालमा क्रेज  हरेक कोणबाट हेर्दा महसुस गर्दा आधुनिकतालाई समेत अंगिकार गर्न सक्ने अनुशासित राजसंस्था हाम्रो लागि  आजको आवश्यकता  भएको छ । भोलिको सन्ततिको लागी झनै अपरिहार्यता छ ,त्यसैले हामी अनुशासित हुनु जरुरी छ “,उनले वताए ।

हाल राप्रपामा प्रवेस गर्नेको संख्या पछिल्लो समयमा बढेको छ ।