
भंगाहा नगरपालिकाका निवर्तमान मेयर तथा लोसपाका मेयरका उम्मेद्बार सन्जिव कुमार साहले यस पटकको चुनावमा आफ्नो पार्टी २ हजार अधिक मत अन्तरले बिजय हासिल हुने जनाएका छन् ।
भंगाहा नगरपालिकामा लोसपा अरुभन्दा अधिक लोकप्रीय रहेको भन्दै उनले बिपक्षीलाई ठाडो चुनौती नै दिएका छन् ।
अघिल्लो कार्यकाल सिक्नमा नै लागेको भन्दै जन्ताहरु आफ्नो लोकप्रीयताका कारण मुख खोलेर बसेको जनाएका छन् ।
सन्जिव साह नै किन भन्ने न्युज अफ नेसनको प्रश्नमा उनले यो कुरा जन्ताले भन्ने हो भन्दै आफुले सानो समयमा ठूलो क्षेत्र भएको नगरपालिकाको बिकास गरेको जनाएका छन् ।
यता, उनका विपक्षी काङ्ग्रेस , माओवादी लागाएले भने उनको जितको कुरा हास्यास्पद रहेको भन्दै चुनावले जनाउने जनाएका छन् ।
आफू बिजय भए पश्चात् मुलत: शिक्षा र बजारको ब्यबस्थापन गर्ने भन्दै साहले जग्गाको अभावमा बजार अब्यबस्थित भएको बताए ।