कमला नगरपालिकामा बलराम यादवको मजबुती

नेकपा  माओवादी कमला नगरपालिकामा आफ्नो जित सुनिस्चित रहेको भन्दै जन्ताको अभिमतको पर्खाइमा रहेको बताएको छ ।बैशाख ३० गते हुने स्थानीय तहको चुनावको मौन अवधी पुर्व  मेयरका उम्मेदवार बलराम बिराजी यादवले आफूहरु जित्ने कुरा जन्तालाई अवगत भएको जनाएका छन् ।

कमला नगरपालिकामा काङ्ग्रेका मेयरले  सरकार चलाइ सकेको अवस्था रहेको छ ।  बाटो घाटो परिवर्तन भएको खासै महसुस नभएको स्थानीय बताउँछन् ।  मेयरका दावेदार बलराम यादब पुर्ब शिक्षक हुन् ।उनी क्षिरेश्वर मा वि महेन्द्रनगरमा २० बर्स अधिक प्राध्यापन गरेको अनुभव रहेको छ ।उनका अनुसार शिक्षामा क्रान्ती ल्याउन एक शिक्षकको भुमिका नै उल्लेखनीय हुने बताउछन् ।

” आधुनिक शिक्षाको जडो गाड्नु आजको आवस्यकता रहेको छ,अङ्रेजी शिक्षालाई हाम्रो गाउँ गाउँ सम्म पुर्याउनु आजको आवस्यकता रहेको छ ।यदि म मेयर भए भने म  शिक्षा क्षेत्रमा  ठूलो परिवर्तन ल्याउछ ।”, यादवले भने ।
हाल उनको ध्यान शिक्षामा मात्र नभैइ स्थानीय पुर्वधारका कुरामा उतिकै रहेको छ ।एक शिक्षित उम्मेद्बाले नै समाज राष्ट्र उन्नत गर्न सक्ने भन्दै आफुले उम्मेद्बारि दिएको

बताएका छन् ।
बिगतमा कमला नगरपालिका  काङ्ग्रेसको गढ मानिन्थ्यो  । स्थानीय एक युवकका अनुसार बिकासमा कुनै प्रगती नभएको भन्दै जन्ता फ्रस्टेट भएको बताएका छन् । जातीपाती भन्दा माथि उठेर जनताको पक्षमा वकालत गर्न सक्ने नेतालाई आफू भोट दिने उनले जनाए ।
बिगतमा माओवादी  कमजरो रहेपनी हाल भने मजबुत अवस्थामा रहेको नगरवासीको भनाइ रहेको छ ।

यता, बिराजी यादवलाई सदाचारी नेताको रुपमा लिने गरिएको छ ।

कमला नगरपलिकामा हाल माओवादी , नेकपा समाजवादी र काङ्ग्रेस बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।