धनुषाका नवनिर्वाचित पालिका प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् ।
धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर तथा अध्यक्षलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित भएका १८ वटै पालिकाका प्रमुखलाई सपथ ग्रहण गराएका छन् ।
धनुषामा एक उपमहानगर, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका प्रमुखहरुले एकैसाथ सपथ ग्रहण गरेका छन् ।
पद तथा गोपनियताको सपथ
जनकपुरधाम उपमहानगरपालिका
प्रमुखः मनोज कुमार साह सुडी, स्वतन्त्र
क्षिरेश्वरनाथ नगरपालिका
प्रमुखः सुख देव यादव, एमाले
मिथिला नगरपालिका
प्रमुखः महेन्द्र महतो, कांग्रेस
गणेशमान चारनाथ नगरपालिका
प्रमुखः जितनारायण यादव, कांग्रेस
धनुषाधाम नगरपालिका
प्रमुखः बालेश्वर मण्डल, कांग्रेस
मिथिला बिहारी नगरपालिका
प्रमुखः राजेन्द्र प्रसाद यादव, कांग्रेस
सबैला नगरपालिका
प्रमुखः कारीराम यादव, माओवादी
शहिदनगर नगरपालिका
प्रमुखः दिनेश प्रसाद यादव, जसपा
कमला नगरपालिका
प्रमुखः विशेश्वर यादव, कांग्रेस
विदेह नगरपालिका
प्रमुखः बेचन दास तत्मा, एमाले
हँसपुर नगरपालिका
प्रमुखः प्रदीप कुमार यादव, कांग्रेस
नगराईन नगरपालिका
प्रमुखः विनय कुमार यादव, कांग्रेस
धनौजी गाउँपालिका
अध्यक्षः राजकुमार साह, कांग्रेस
जनकनन्दनी गाउँपालिका
अध्यक्षः दिपीनदेव यादव, जसपा
मुखियापट्टी मुसहरनीयाँ गाउँपालिका
अध्यक्षः जय कुमार यादव, जसपा
बटेश्वर गाउँपालिका
अध्यक्षः रामअशिष महतो, कांग्रेस
औरही गाउँपालिका
अध्यक्षः उमाशंकर प्रसाद साह, एमाले
लक्ष्मीनियाँ गाउँपालिका
अध्यक्षः भोगेन्द्र मिश्र, कांग्रेस