
कैलालीको टिकापुरमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार सोमबार नुहाउने क्रममा साउद तालमा डुबेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।
उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। रासस