
लालबन्दी नगरपालिका–११, हीरापुरमा एक युवकले आफ्नै मामाको हत्या गरेका छन् बारीमा काम गर्नेक्रममा भएको विवादमा शनिबार हीरापुरका ३१ वर्षीय रवि विकले मामा लालबन्दी–१७, रानीगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् ।
तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले अशोकको टाउकोमा बाँसले प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनामा संलग्न रविलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।