मिलको मेसिनले हात काट्दाअपरेटरको मृत्यु

जिल्लाको विराटनगरमा रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा १ जना अपरेटर मृत्यु भएको छ।

जुटमिलमा अपरेटरको काम गर्ने मोरङ विराटनगर-१४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटि घाइते भएका थिए।

घाइते कामतलाई तत्काल उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।