
तनहुँको चुँदी खोलाले बगाएर डेढ वर्षिया बालिकाको ज्यान गएको छ। आइतबार साँझ साढे ७ बजे तनहुँको भानु नगरपालिका-७ चन्द्रावती बस्ने रचना श्रेष्ठकी १ वर्ष ६ महिनाकी छोरी काब्यालाई घर नजिकै रहेको खोलाले बगाएको थियो।
घरदेखि २० मिटर दुरीमा रहेको उक्त खोलाले बेपत्ता पारेपछि खोज्ने क्रममा स्थानीय र प्रहरीले ५०० मिटर तल बालिकालाई अचेत अवस्थामा फेला पारेका थिए।
तत्कालै उनलाई उपचारका लागि दमौली अस्पताल लगे पनि राती १० बजे बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी