
नेकपा (माओवादी केन्द्र ) सबैला नगर कमिटीले जनयुद्धका महान् सहिद प्रति १७ औं श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार सबैलाको ढोलबाजामा सजन परियारको सभापतित्व आयोजित एक कार्यक्रममा सबैला नगरपालिका नगरप्रमुख कारिराम यादव ,उप-प्रमुख रहिमा खातुन लागाएतले सहिदहरुको तस्वीरमा मार्ल्यापण गर्नु साथै सहिद प्रती सम्मान ब्यक्त गरेका गरेका थिए।सहिद-लक्ष्मी यादब , कारिचन कापर ,हरि यादव,श्रीचन यादव प्रती सम्मान गरिएको थियो ।
द्वन्द्वकालमा सिआइडी पठाउदै प्रतिक्रियाबादीले देशका लागि मरिमेट्ने क्रान्तिकारी योद्धाहरुको ज्यान लिएको बताउँदै नेकपा माओवादीले सहिदको सम्झनामा कार्यक्रम गरेको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नगरप्रमुख कारिराम यादबलेमा माओवादीले संघीयता ,धर्म निरपेक्षता र राजतन्त्रको बहिर्गमन गर्ने प्रमुख अभिभावक रहेको जनाउँदै देशमा अधिकारमा स्वतन्त्रता ल्याउने पनि माओवादी नै रहेको जनाएका छन् ।कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले माओवादीले नै सात सय जिल्ला हुनुपर्न माग अघि सरेको भन्दै त्यही बदोलद सात सय तिर्पन् स्थानीय निकाय रहन गएको बताए । उनले सहिद कै कारण आज आफू यो ठाउँमा रहेको भन्दै सहिद प्रती सम्मान ब्यक्त गरे ।






नगरपालिकका उप प्रमुख रहिमा खातुनले सहिदको सपना साकार पार्न निस्ठावान बन्नु पर्नेमा जोड दिइन् ।माओवादी वार्डमा जित्न अधिक मेहनत अझ गर्नु पर्ने हुँदा संगठन बलियो पार्नु पर्ने जनाएकी छन् ।
सम्मान कार्यक्रममा परसुराम यादव , युगेश्वर यादव, निर्मला परियार तथा उक्त वार्डका वार्ड अध्यक्ष सत्यनारायण यादव लगाएतले सहिदको देश प्रतीको योगदानको बारे चर्चा गरेका थिए ।
Like
Comment