जिपले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

ढल्केवर–जनकपुर सडक खण्ड अन्तर्गत  मिथिला नगरपालिका–६ मा सडक दुर्घटनामा परि  एक जना व्यापारीको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा  ४५ वर्षिय शिवलाल यादव रहेका छन् । जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय नम्बरको जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिंदा उक्त दुर्घटना भएको हो।

प्रहरीका अनुसार पछाडिबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बरको जीपका चालक बसही पुल नजिक आएर सन्तुलन गुमाएपछि जीप पल्टिएर यादव सवार मोटरसाइकलमाथि बजारिन पुगेको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा शनिबार राति साढे एघार बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न जीप र त्यसका चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षिय मन्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक यादव ढल्केवरस्थित दुर्गामन्दिर नजिक   कपडाको व्यापार गर्दै आएका थिए ।