नेपाली सेनाद्वारा बटेश्वर र बिरेन्द्र बजारमा बिद्यार्थीका लागि NCC क्याडेडको तालिम शुरु

अनुशासित र वफादारिता तथा आपातकालिन अवस्थामा स्वयम् सेवीको भूमिका निर्वाह गर्न सक्ने उद्देश्यले  नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसि)को सि.सं. ४८ जुनियर डिभिजनको तालिमको आरम्भ आइतबारबाट  गरेको छ।

धनुषाका स्कूले बालबालिकाहरुलाई सेनाले  क्षमता  अभिवृद्धि  साथै युवा सशक्तिकरणका लागि राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरेको हो ।

श्री श्रीनाथ गण महेन्द्रनगरले धनुषामा रहेको शिव शक्ति माबि बटेश्वरका १८ छात्र तथा १८ छात्रा ,साथै  श्री मावि बिरेन्द्रबजार भरतपुर  विद्यालयका  १८ छात्र तथा १८ छात्रा  गरि कूल ७२ जना  छात्रछात्रालाई  तालिममा सहभागि  गराएको छ  ।

श्री श्रीनाथ गणका गणपति श्री सुरेश देवकोटाले प्रथम दिनको उद्घाटन गर्दै कलिला भाइ बहिनीप्रती राष्ट्र प्रेमको भवना जागरण  साथै शारीरिक रुपमा कौशलता हुन  यस तालिमको  विशेष भूमिका रहेको भन्दै हाल यस तालिमको माग उच्च रहेको जनाएका छन् ।
उनले   यसले अन्य देशका क्याडेडसँग  मित्रता ल्याउन पनि सहयोग गर्ने बताए ।
युवाहरुलाई लगनशील, कर्मठ र देशभक्त बनाउन राष्ट्रिय सेवा दलले पुर्‍याउँदै आएको योगदानलाई स्थानीय सरकारले  उच्च सम्मान गरेको बताउँदै नगर प्रमुखहरुले सेनाले  दिन रात घामपानी नभनी खटेको भन्दै कार्यक्रममा  नेपाली सेनाको प्रसंशा गरेका थिए  ।
आज  आइतबार भएको फरक फरक बिद्यालयको तालीम  कार्यक्रममा स्थानीय नगर प्रमुख /गाउँ पालिकाका प्रमुख , नेपाल प्रहरी ,वार्ड अध्यक्ष ,शिक्षक  तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

<span;>अन्तराष्ट्रिय स्तरमै संचालनमा रहेको यस राष्ट्रिय सेवा दलको तालिम नेपालमा भने वि.सं. २०२२ साल देखि आरम्भ भएको थियो ।त्यस बेला देखि हाल सम्म ५० हजार अधिकले यस तालिम लिइ सकेका छन् ।